प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको अभियोगमा एक युट्युवर प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको आरोपमा पाँचथरका युट्युवर रोशन पोखरेल पक्राउ परेका छन्।
  • ह्याडिज युट्युव च्यानलमा प्रधानमन्त्रीको आलोचना गर्दै भिडिओ बनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
  • प्रहरीले पक्राउ परेका पोखरेलमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौ -प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको अभियोगमा पाँचथरमा एक युट्युवर पक्राउ परेका छन् ।

Workplace

 

Hades नामक युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको भन्दै रोशन पोखरेल पक्राउ परेका हुन् ।

फाल्गुनन्द गाँउपालिका-७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले रोशनलाई पक्राउन गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

पोखरेलले शाह प्रधानमन्त्री हुनुअघि आफ्नो च्यानलमा पोष्ट गरेको भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन् । उनले पुराना नेता सबै चोर हो भनेर पनि प्रधानन्त्री बन्न रवि लामिछानेको पछि लागेको टिप्पणी गरेका छन् ।

उक्त भिडिओ अझै उनको च्यानलमा रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?