दाङमा नवजात शिशु मारेको आरोपमा एक महिला पक्राउ

काठमाडौ –  दाङमा नवजात शिशु मारेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको हो  ।

Workplace

रोल्पाको गंगादेव गाउँपालिका–१ ओत घर भई हाल शान्तिनगर गाउँपालिका–५, कासीपुरमा बस्दै आएकी अन्दाजी २७ वर्षका सरिता बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -Workplace

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार गत चैत २४ गते राती बिकले नवजात छोरीलाई मारेर प्लास्टिकको बोरामा बेरेर घरदेखि झण्डै १०० मिटर पश्चिमतर्फ रहेको कच्ची ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा फालेकी थिइन् । घटनाबारे १५ दिनपछि वैशाख ७ गते बिहान मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

प्रहरी टोली तत्कालै घटनास्थल पुगेर नवजात शिशुको शव ल्याएको थियो । शव परीक्षण गरिसकेपछि प्रहरीले बिकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त घटनामा ज्यान सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको र दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई ओरोपित बिकमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रानाले बताए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?