भारतबाट घर फर्कने नेपालीमा पनि कोरोना संक्रमण

काठमाडौ -भारतमा कोरोना संक्रमण बढ्न थालेसँगै भारतबाट घर फर्कने नेपालीमा पनि संक्रमण देखिन थालेको हो ।

Workplace

गौरीफण्टा नाका हुँदै बुधबार स्वदेश फर्किएका तीनजनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण देखिनेमा दुई पुरुष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

नाकामा एण्टीजेनबाट गरिएको परीक्षणमा भारतको गुजरातबाट फर्किएका अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष र दिल्लीबाट फर्किएका पुनर्वासका २० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको केन्द्रका फोकल पर्सन हेमराज जोशीले जानकारी दिएका हुन।

भारत  पञ्जाबबाट फर्किएकी धनगढीकी २४ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।

ज्वरो र रुघाखोकीको लक्षण रहेका तीनैजनालाई ‘होम आइसोलेसन’मा पठाइएको जोशीले बताए।

पीसिआरबाट कोरोना परीक्षणका लागि तीनैजनाको नमुना संकलन गरेर काठमाडौँ पठाइएको केन्द्रले जनाएको छ। ‘पोजेटिभ देखिए नमुना संकलन गरेर पठाउनु भन्ने निर्देशन थियो’ जोशीले भने, ‘नयाँ भेरियण्टको कोरोना हो कि भनेर पत्ता लगाउन नमुना काठमाडौँ पठाएका हौँ।’

निर्देशनालयले बुधबारबाट त्रिनगर नाकामा एण्टीजेनबाट कोरोना परीक्षण थालेको हो। ३६ जनामा एण्टीजेन परीक्षण गर्दा तीनजनामा कोरोना पोजेभिट देखिएको फोकल पर्सन जोशीले जानकारी दिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?