साउदीको सेन्दान कम्पनीमा फसेका  ४६९ नेपाली श्रमिकको उद्धारका लागि दूतावासको पहल।

रियाद, साउदी अरब —  साउदी अरबको जुबैलस्थित सेन्दान  इन्टरनेशनल कम्पनी लिमिटेडमा कामविहीन अवस्थामा रहेका ४६९ जना नेपाली श्रमिकको समस्या समाधान गर्न साउदीस्थित नेपाली राजदूतावासले सम्बन्धित पक्षसँग समन्वय गर्दै कूटनीतिक पहल अघि बढाएको जनाएको छ ।

Workplace

श्रमिकहरू कम्पनी टाट पल्टिएपछि लामो समयदेखि रोजगारीविहीन अवस्थामा छन्। उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाउन दूतावासले साउदी सरकारअन्तर्गतको श्रम मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको छ । कम्पनी तथा श्रमिकहरूबीचको समस्याबारे जानकारी पाएपछि दूतावासले पटक–पटक छलफल र पत्राचार गर्दै आएको दूतावासले जनाएको छ ।

श्रम मन्त्रालयबाट श्रमिकहरूको बहिर्गमन स्वीकृति (Exit Visa) प्रक्रिया हाल रोकिएको छ। विगत दुई महिनादेखि सो प्रक्रिया स्थगनमा रहेकाले समस्या समाधानमा ढिलाइ भएको हो । दूतावासले यो प्रक्रिया पुनः सञ्चालन गर्न साउदी सरकारसँग निरन्तर संवाद गरिरहेको जनाएको छ।

नेपाल फर्कन चाहने श्रमिकहरूको विवरण संकलन गर्न २०८१ साल जेठ १ गते दूतावासले कम्पनीमा खटिएको टोलीमार्फत प्रत्यक्ष भेटघाट गरी विवरण संकलन गरेको जनाएको छ । संकलित विवरणका आधारमा उनीहरूलाई सेवा सुविधा दिलाउने र आवश्यक कानुनी प्रक्रिया पुरा गरी स्वदेश फर्काउने तयारी भइरहेको  समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

श्रमिकहरूले सेवा सुविधा प्राप्त गर्न तथा कानुनी प्रक्रिया सहज बनाउन दूतावासले साउदी सरकार, श्रम मन्त्रालय, कम्पनी प्रतिनिधि र अन्य सरोकारवालासँग सहकार्य गरिरहेको छ। यस प्रक्रियामा सकारात्मक प्रगति भएको जानकारी दूतावासले दिएको छ।

नेपाल फर्कन इच्छुक श्रमिकहरूलाई व्यक्तिगत विवरणसहित दूतावासद्वारा तोकिएको सम्पर्क व्यक्ति बिश्वर प्रसाद शिवाकोटी लाइ यो दिएको  (फोन नं. ०५५८९००३३९) सँग सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै राजदूतावासले समस्यामा परेका श्रमिकप्रति सहानुभूति प्रकट गर्दै समाधानका लागि आवश्यक सम्पूर्ण कूटनीतिक तथा प्रशासनिक प्रयास भइरहेको उक्त विज्ञप्तिमा जनाएको छ । नेपालमा बडदो बेरोजगारीले गर्दा  बिदेशीएका युवा युवती हरु  बिदेशमा समेत धेरै ठाउँमा अलपत्र परेकोले अन्यत्र देशमा पनि सक्दो पहल गर्न जरुरी छ ।

नेपाली राजदूतावास, रियाद बाट जारी विज्ञप्ति

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?