सिद्धबाबाको मुख्य सुरुङमार्ग ११ गते छिचोल्ने तयारी

काठमाण्डौ – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्गको मुख्य सुरुङ ११ गते छिचोल्ने तयारी भएको छ। सुरुङको मुख्य छिचोल्ने काम लगभग पूरा भइसकेको छ, अब केवल दुई मिटर मात्र बाँकी रहेको छ।

Workplace

यसअघि माघ ८ गतेलाई तय गरिएको थियो, तर प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण ११ गतेलाई सरेको हो।
प्रधानमन्त्री ओलीको पूजा पश्चात् मुख्य सुरुङ छिचोल्ने कार्य सम्पन्न हुनेछ। सुरुङमार्गको लम्बाई ११ सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ। उद्धार सुरुङका रूपमा चिनिएका तीनवटा बाइपास सुरुङ पहिले नै छिचोलिएका छन्।

सुरुङमार्गको भौतिक प्रगति ३९ प्रतिशत भइसकेको जानकारी आयोजना प्रमुख कृष्णराज अधिकारीले दिएका छन्।
सिद्धबाबा क्षेत्रको यस सुरुङमार्ग निर्माण कार्यको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको छ। सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रका गाडीहरूको आवागमनमा राहत पुर्याउनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?