दाङका दुई केन्द्रमा किन भयो निर्वाचन बहिष्कार

काठमाडौ -दाङका दुई मतदान केन्द्रमा स्थानीयले निर्वाचन बहिष्कार गरेका छन्। दाङ बबई गाउँपालिकाको वडा नं १ र ७ का स्थानीयले मतदान बहिष्कार गरेका हुन्।

Workplace

यी बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका गगँटे र मलैखोला बस्ती हुन्। यहाँ दुई मतदान केन्द्र छन्।

- Advertisement -Workplace

यसअघि नै चुनाव प्रचारमा पुगेका उम्मेदवारहरूसँग यहाँका वासिन्दाले आफूहरू निकुञ्जमा असुरक्षित भएको भन्दै सुरक्षित स्थानमा बस्ती सारिदिन भनेका थिए। उम्मेदवारहरूले आश्वासन दिए पनि उनिहरू ढुक्क भएनन् र निर्वाचन नै बहिष्कार गर्ने निर्णय गरेका थिए।

वस्ती स्थानान्तर संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर मगरका अनुसार त्यसपछि कुनै पनि पार्टीका प्रतिनिधिहरू त्यहाँ पुगेका छैनन्। उनका अनुसार वडा नं १ मा रहेको जनता आवासीय मावि र ७मा रहेको देउती मावि मलैको केन्द्रमा कुनै पनि मतदाता पुगेका छैनन्। उनले कसैलाई पनि मतदान नगर्न दबाव नदिइएको तर स्थानीय स्वतस्फूर्तरुपमा मतदान गर्न नगएको पनि दाबी गरे।

जनता आवासीय केन्द्रमा ६ सय ८२ र देउवी माविमा ५ सय ८५ मतदाता छन्। बिहानैदेखि निर्वाचन कर्मचारीहरू कुरिरहेका छन् तर अहिलेसम्म कुनै पनि मतदाता देखिएका छैनन्। स्थानीयका अनुसार यहाँ राजनीतिक दलका प्रतिनिधिहरू पनि छैनन्।

दाङ क्षेत्र नं ३ अन्तर्गत पर्ने यो ठाउँ जिल्लाकै विकट मानिन्छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?