काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहि ले आगामी निर्वाचनलाई लक्षित गर्दै स्वच्छ र पारदर्शी चुनावी अभियानका लागि नागरिकसँग आर्थिक सहयोगको अपिल गरेका छन।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै शाहि ले चुनावको समयमा कालोबजारी, दुई नम्बरी कारोबार तथा अवैध आर्जनबाट संकलित रकम स्वीकार नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन।
“यदि त्यस्ता व्यक्तिहरूसँग सहयोग लिइयो भने चुनाव जितेपछि उनीहरूको अपराधमा आँखा चिम्म गर्नुपर्ने अवस्था आउँछ,” उहाँको भनाई छ।
शाहीले आफ्नो अभियान नागरिकको सेवा, सुशासन र पारदर्शिताका लागि समर्पित रहेको बताउँदै कुनै स्वार्थ समूहको संरक्षणका लागि राजनीति नगर्ने स्पष्ट पार्नुभयो।
उहाँका अनुसार स्वच्छ राजनीति, इमानदार नेतृत्व र जनविश्वासमा आधारित अभियान नै देशको आवश्यकताअनुसारको विकल्प हो। भन्दै
उहाँले चुनावी अभियानलाई शुद्ध, पारदर्शी र जनमुखी बनाउन सबै शुभेच्छुक तथा समर्थकलाई आफ्नो क्षमताअनुसार स्वेच्छिक आर्थिक सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ।
राजनीतिक वृत्तमा शाहीको यो अभिव्यक्तिलाई पारदर्शिता र जवाफदेहितातर्फको प्रतिबद्धताका रूपमा हेरिएको छ।
भिडियो
