उपनिर्वाचनमा समानुपातिक सूचीमा नाम भएका उम्मेदवार अयोग्य हुने निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दर्ता गरिएका समानुपातिक बन्द सूचीमा नाम समावेश भएका व्यक्तिहरूले उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे सार्वजनिक रूपमा जानकारी दिएको छ। बुधबार आयोगले जारी गरेको सूचनामा समानुपातिक सूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य हुने कुरा स्पष्ट पारिएको हो।

Workplace

यसैबीच, रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्तावित उम्मेदवार डा. लेखजंग थापाको योग्यताबारे केही प्रश्न उठेका थिए। तर आयोगले थापाको उम्मेदवारी कानुनी रूपमा वैध हुने जनाएको छ।

थापा अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक बन्द सूचीमा रहेका थिए। तर नाउपाले आयोगमा निवेदन दिँदै थापाको नाम सूचीबाट हटाइसकेको र बाँकी सूची अध्यावधिक गरिसकेको आयोगले जनाएको छ। करिब पाँच महिनाअघि मात्रै रास्वपा प्रवेश गरेका थापा हाल आन्तरिक प्रक्रियामार्फत उम्मेदवार प्रस्तावित भएका हुन्।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले थापाको उम्मेदवारी कानुनी रूपमा कुनै बाधक नरहेको स्पष्ट पारे। उनले भने, “प्रचलित कानुन अनुसार समानुपातिक बन्द सूचीमा नाम भएका व्यक्ति प्रत्यक्षतर्फको उम्मेदवार हुन अयोग्य हुन्छन्। तर सम्बन्धित दलको केन्द्रीय समितिले निवेदन दिएर सूचीबाट नाम हटाएमा उम्मेदवार बन्न सकिन्छ। लेखजंग थापाको हकमा नाउपाले आधिकारिक रूपमा निवेदन दिइसकेकाले उनको नाम हटाइएको छ र बाँकी सूची अध्यावधिक भइसकेको छ। त्यसैले कानुनले उनलाई रोक्दैन।”

प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा १४ को उपदफा २ अनुसार, समानुपातिक बन्द सूचीमा नाम भएका व्यक्तिहरू प्रत्यक्ष निर्वाचन (पहिलो हुने निर्वाचित हुने प्रणाली) अन्तर्गत उम्मेदवार बन्न सक्दैनन्। त्यसैगरी, प्रत्यक्षतर्फ उम्मेदवार रहेका व्यक्तिको नाम समानुपातिक सूचीमा राख्न पनि नपाइने बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?