विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

Workplace

आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा ९४ रन बनाएर अलआउट भयो ।

विराटनगरका साम हिजलेटले सबैभन्दा धेरै ३४, नरेन भट्टले २१ र मर्चेन्ड डे ल्याङ्गेले १७ रन बनाए । लुम्बिनीका तिलक भण्डारी ३, रुवेन ट्रम्पेलेम्यान,अभिशेष गौतम समान २ तथा शेर मल्ल, जेजे स्मिथले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

लुम्बिनीका डार्सी शर्टले ४५, कप्तान रोहित पौडेलले ३४ रन बनाए । विराटनगरका सुवास भण्डारी तथा प्रतिस जिसीले समान ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

अब लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगेको हो । यस्तै इलिमिनेटरमा हिजो काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।

एनपीएलको फाइनल खेल पर्सि शनिवार दिउँसो साढे ३ बजे शुरू हुनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?