दार्चुलामा अटोरिक्सा दुर्घटना, एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

Workplace

नौगाड खोलामा खसेको अटोरिक्सामा सवार ११ वर्षीया अरुणा धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उनका अनुसार अटोरिक्सामा पाँचजना सवार रहेका थिए ।

- Advertisement -Workplace

होपरीगाडबाट धुलिगडातर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटोरिक्सा शनिबार दिउँसो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि दुईजना बेपत्ता भएका छन् भने चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो अटोरिक्सामा रहेका चालकका १७ वर्षीय छोरा आयुस भुल घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको पहिचान खुलेको छैन । उनीहरूको खोजीका लागि धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?