नागरिकका दुःख पीडा एमआरआई गरेर कांग्रेसले समाधान गर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबका दिनमा नेपाली नागरिकलाई दुखेको दुखाइको एमआरआई गर्ने बताएका छन् ।

Workplace

जनकपुरधाममा बुधबार आयोजित ‘प्रतिज्ञासभा’लाई सम्बोधन गर्दै शर्माले भने, “मधेस, पहाडलाई कहाँ–कहाँ दुखेको छ ? क–कसलाई कस्तो पीडा परेको छ ?

नेपाली कांग्रेस विशेष महाधिवेशनबाट एमआरआई गरेर समाधानको संकल्पसहित कांग्रेस मधेस आएको छ ।”

आग्रह र पूर्वाग्रहबाट माथि उठेर  देशका लागि सुशासन स्थापित गर्ने साझा संकल्पसहित अगाडि बढ्न उनले आग्रह गरे । कांग्रेस मध्यमार्गी सोच राखेर अघि बढेको उनको भनाइ छ ।

भदौ २४ अगाडि सबै ठीकठाक भए जेनजी विद्रोह हुँदैनथ्यो,” शर्माले भने ।

सबै दल, पुस्तालाई साझा सोचको विकास गर्न उनले आग्रह समेत गरे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?