राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

काठमाडौं -पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको भन्दै राष्ट्रिय सहमतिबाट समस्याको साधान गरेरमात्र चुनावमा जानु उपयुक्त हुने सुझाव दिएका छन् ।

Workplace

प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ सन्देशमा पूर्व राजाले राष्ट्रिय संकटको समाधान नगरी हुने चुनावले थप द्वन्द्व निम्त्याउने चेतावनी समेत दिएका छन् ।

सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको शाहको जिकिर छ ।

देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको भन्दै उनले भने, ‘विगतमा अनेकौँ नाममा आन्दोलन र भए । संघर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ ।’

हाम्रो शत्रु विपन्नता र अस्थिरता भएको भन्दै शाहले एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले प्रश्रय दिइरहेको बताएका छन् ।

‘अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ’, शाहले भनेका छन् ।

उनले थप भने, ‘कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ ।

जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यसलाई फाल्नु र फ्याँक्नुपर्छ। त्यसैले विश्वका कैयौँ राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्नो जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन् ।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?