
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज माघ ३०, २०८१ (फेब्रुअरी १२, २०२५) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार, अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ६७ पैसा र बिक्री दर १४० रुपैयाँ २७ पैसा थियो भने आज यो घटेर क्रमशः १३८ रुपैयाँ ६३ पैसा र १३९ रुपैयाँ २३ पैसा पुगेको छ।

