काठमाडौ – गत ७९को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्बार काठमाडौको मेयरमा निर्वाचित मेयरले मिडिया माझ जनतामाझ निकै काम गर्ने काठमाडौ महानगरको बिकासमा कायापलट गर्ने आशा देखाए ।तर उनले आफ्नो कार्यकालको तेस्रो बर्ष बितिसक्दा देशभरको ६वटा महानगरमा कार्यसम्पादनमा दुइबर्स चौथो तेस्रो बर्ष छैटौं स्थान हासिल गरे।

उनी देशका महानगरका मेयर मद्धे सबैभन्दा कान्छा मेयर थिए तर कामपनी कान्छो गरेर देखाए।उनलेचुनावमा बाँडेको नारा काठमाडौ महानगर भित्र रहेको फोहोर लाई मल बनाउछु।प्लास्टिक लाई बाटो पिचगर्दा कामलाग्ने matrial बनाउछु ।काठमाडौमा बाटो ,घाटो, पानी विद्युत, ढल राम्रो बनाउछु सफा राख्छु भन्दैथिए। तर उनले तेस्रो बर्षको समय बित्दा केही देखिलो काम गर्न सकेनन् ।आजपनी फोहोर उहीँ बन्चरे डाँडामा नफाली शुखै छैन ।फोहोर सम्बन्धी त उनले कुनै पहल कदमी नै सायद गरेनन् ।बाटो घाटो ढल बिजुली खानेपानी सम्बन्धी उनको केही पहल कदमी देखिएन।उनकै कार्यकालमा काठमाडौ बिस्वको प्रदुशित सहरको पहिलो नम्बर गराएर नाम राखे ।
संघीय सरकारले अर्बौं खर्च गरि बनाएको चिल्लो बाटोमा पाँच सय खर्च गरेर फूल रोपेर महानगरले बाटो बनाइ चिल्लो पार्यो बाटो बाटोमा फूल रोप्यो भन्ने जनता झुक्याउने जनताकोअाँखामा छारो हाल्ने काम गरे । उनी आउनु अधि नै काठमाडौ महानगरमा लगभग बाटोघाटो पिच भैसकेको थियो।सडक सम्बन्धी उनको काम प्राय शून्य छ।यहाँको बाटोघाटो देखि खानेपानी विद्युत शिक्षा स्वास्थ्य सम्बन्धि काम उनी आउनुभन्दा अगाडि जे अबस्थामा थिए त्यहीँ अबस्थामा छ्न। भुकम्प बाट ढलेका धरहरा, रानिपोखरी, मठमन्दिर अन्य सर्बसाधारणका घर हरु पहिले नै बनिसकेका थिए ।
आफ्नो कार्यकालमा उनले गरेकोसडक पेटिमा ब्यापार गरि जिविका निर्वाह गर्ने दुखी पिडित हरुलाइ सहरबाट लखेटने कवाडी ब्याबसायलाइ बिस्तापन गर्ने मात्रै काम गरे संघीय सरकार सँग कुनै पहल कदमी काम गरेनन् । बरु सौदाबाजी गरिरहे । रातपरेपछी संजालमा पढनै नसकिने शब्द सम्प्रेषण गरे।सामन्यकुरामा सिहदरवार जलाउने भन्दै संजालमा पोस्ट गरे र सरकारले संजाल दर्ता नगरुनजेल बन्द गर्ने भनेर केही दिन बन्द के गरेको थियो त्यसैमा जेन्जी भाइ बहिनी लाई उस्काउने कार्य गरि भाद्र २३र २४ गतेको त्यो घटना घटाएको आरोप छ।
उनको कार्यकालमा काठमाडौ महानगरले पुजिगत खर्चको जम्मा २०प्रतिशत हाराहारीमा मात्रै खर्च गर्यो। यी तीन बर्सको महानगरको काम गर्ने नतिजामा उनी अन्तिममा छ्न।मलाई लाग्छ उनी काठमाडौको मेयरमा सबैभन्दा असफल मेयर हुन।बर्तमान अबस्थामा उनी काम गर्न नसकेपछि जनतालाई झुक्याएर धोका दिदै मेयर पद बाट राजीनामा दिदै। देशको प्रधानमन्त्री बन्ने आकाङ्क्षा राखी झापा -५बाट स्वतन्त्र पार्टिको तर्फबाट उम्मेद्बार भएकाछ्न। उनी सँग न बिचार छ न सिद्धान्त छ न त कुनै देश बनाउने खाका छ।न त उनले कुनै मिडियामा गएर आफ्नो बिचार राख्न प्रस्तुत गर्न सक्दछ्न।
झापा -५को कुरागर्दा एकातिर देश बनाउने बिकाशिल योजनाकार क्षमताशिल देशभक्त ब्यक्ती एमाले अध्यक्ष केपिओलिको निर्वाचन क्षेत्र हो ।उहाँ २०४८साल देखि उक्त क्षेत्रमा चुनाव लडदै आउनुभएको छ ।पटकपटक गरि देशको तीन पटक प्रधानमन्त्री भइसक्नु भएको छ।उहाँमा देश बनाउने खाका छ बिचार छ इच्छाशक्ति छ।तर काठमाडौका असफल मेयरमा कुनै खाका छैन न त कुनै योजना छ न बिचार न शिद्धान्त छ। उनी ऐले हावादारी सैलिमा केही मिडिया र केही युवाहरु जम्मा गरि हात हल्लाउँदै हिडेको देखिन्छ । यस्तो कुनै योजना बिचार देश बनाउने कुनै खाका बिनाको ब्यक्तीले देश प्रधानमन्त्री हुने परिकल्पना गर्नु सपना मात्रै देखिन्छ।एउटा महानगर बनाउन नसक्ने ब्यक्ति कसरी देश बनाउन सक्छ? रास्ट्रबादी बिकाश बादी पर्खर ब्यक्ति केपिओली सामु उनी नराम्रो सँग पराजित हुनेप्राय निश्चित छ।झापा पाँचका विवेकशिल सचेत मतदाता ले यी असफल मेयर लाई असफल नै पार्दैछ्न।
काशीराम घिमिरे लेखक तथा बिश्लेशक।
