स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ :अर्थमन्त्री खनाल

काठमाडौ – अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताका आधारमा बजेट फुकुवा हुने क्रम चलिरहेको बताउनुभएको छ ।

Workplace

राष्ट्रियसभाको आजकाे बैठकमा सांसद भुवनबहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खनालले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनः सञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको बताउनुभयो ।

तयारी नै नभएका, खरिद प्रक्रियामा नगएका, तत्काल समष्टिगत अर्थतन्त्रमा लाभ दिन नसक्ने देखिएका साना तथा टुक्रे आयोजनालाई मात्रै स्थगन गरेको उहाँको भनाइ छ ।

डिजाइन तथा स्टिमेट पूरा भइसकेका, टेन्डर प्रक्रियामा गएका वा क्रमागत आयोजना तथा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनालाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः फुकुवा गर्ने व्यवस्था गरिएको उहाँले भनाई छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?