मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

काठमाडौ – मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना भएको छ । नेपाल सरकार वातावरण विभागले जोमसोममा रहेकाे जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो ।

Workplace

 

 

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मुस्ताङमा भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिनुभयो ।

वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिनेलगायत उद्देश्य राखेर मापन केन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।

विभागले समुद्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच ठाउँमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको विभागका महानिर्देशक सुवेदीले जनाउनुभयो । यस खालको प्रविधि मुगुको रारा र त्यसपछि मुस्ताङको जोमसोममा स्थापना भएको छ । यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ ।

मुस्ताङमा प्रविधि जडान गर्न एक करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ, उहाँले भन्नुभयो ।

विभागले पफ प्यानलगृह निर्माणसहित दुई हजार किलोवाटको सौर्यऊर्जा सोलार प्यानल, विद्युत् पहुँचका साथै इन्टरनेट जडान गरेको जनाएको छ । यहाँ जडान भएको उपकरणले वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने भावी रणनीति तय गर्न सहज हुने अपेक्षा गरिएको छ ।

मापन केन्द्रमा प्रविधि जडानसँगै यसको परीक्षण प्रसारण भइरहेको र त्यस क्रममा यहाँको वायु गुणस्तर अङ्क तीनमात्रै देखिएको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।

‘विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औसत ५० अङ्कसम्मलाई वायु गुणस्तर राम्रो रहेको जनाएको छ । हामीले ४० अङ्कसम्मलाई वायुको गुणस्तर राम्रो हो भन्ने ठानेका छौँ’, उहाँले भन्नुभयो, ‘यहाँ तीन अङ्कमात्रै दखिनु वायुको गुणस्तर निकै राम्रो हो । यहाँको वायुको अपेडट हेर्दा यो वायु प्रदूषण शून्यजस्तै हो ।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?