काठमाडौ –यहीँ फागुन २१गते हुनगइरहेको प्रतिनिधि सभा चुनावको गतिविधिले देशका १६५वटा चुनावी क्षेत्र हरुमा चुनावी माहोल तातिरहेको पाइन्छ।विभिन्न दलमा प्रतिनिधित्व गर्ने ब्यक्ती तथा स्वतन्त्र ब्यक्ती हरु चुनावमा उम्मेद्बार दिइसकेकाछ्न। उनिहरुलाइ मतदान दिएर बिजय गराउने हात संम्बन्धीत क्षेत्रका मतदाता हरुको ठूलो हात छ।आफ्नो निर्वाचन क्षेत्रमा रहेका उम्मेद्बार हरु मध्ये कुन उम्मेद्बार योग्य छ।उसलेकस्तो एजेन्डा बोकेको छ। उक्त क्षेत्रमा निर्वाचित भएपछि त्यहाँको आबस्यकत्ता जनताका आबस्यकत्ता सम्बोधन गर्न सक्छ सक्दैन ।उक्त क्षेत्रमा बिकाश निर्माण गर्न र उत्पादन बढाउन सक्छ सक्दैन यी विभिन्न विषयमा अध्यन गरि मत दिई योग्य ब्यक्तिको छ्नौट गर्नेकाम संम्बन्धि क्षेत्रका मतदाता नागरिकको हो।

देशमा विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधित्व गर्ने उम्मेद्बारमा पनि उनिहरुको योग्यता क्षमता योगदान अनुभवबिज्ञताको कुरा गर्दा
बिशिस्ट बिज्ञ ब्यक्तिको उम्मेद्बारी निकै कम परेको पाइन्छ।केही युवाको शंख्या बढेता पनि बिज्ञ ब्यक्तिको निकै अभाव देख्न सकिन्छ।हामिले प्रतिनिधि छनौटमा निकै अनुभवी ब्यक्तिको अध्यन गरेरमात्र गर्नुपर्छ जसले संम्बन्धित क्षेत्रको साथै देशको राम्रो परिकल्पना गरि देशको मुहार फेर्न सकोस ।
यसैबिज्ञ ब्यक्तिमा उम्मेद्बारी दिनुहुने एक विशिष्ट ब्यक्ती हुनुहुन्छ कानुनबिज्ञ, वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता प्रोफेसर डाक्टर युवराज संग्रौला । उहाँको पृष्ठभुमि हेर्दाउहाँको जन्म २०१६ सालमा पाँचथर जिल्लामा जन्मनुभएको हो।त्यहाँबाट एस एलसी पास गरि उहाँ उच्च शिक्षामा कानुनविषय लिइ अध्यन गर्नुभएको हो। उहाँले १९८६मा भारतको पटना बिश्वबिद्धालय बाट स्नातकोत्तर गर्नुभइ सन २०००सालमा डिल्ली बिश्वबिद्धालय बाट नेपालको फौजदारी कानुन प्रणालीमा बिद्याबारिधी गर्नुभएको छ। उहाँले पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत नेपालमा पहिलो कानुन क्याम्पसको रुपमा स्थापना गर्नुभयो र उक्त क्याम्पसको सस्थापक निर्देशक पनि हुनुहुन्छ ।ऐले उहाँ त्यहीँ क्याम्पसमा प्राध्यापक हुनुहुन्छ । कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्रको उहाँ सल्लाहकार र दक्षिण एसियायी ल स्कुलअफ फोरमको सस्थापक सचिव उहाँ २०६७सालमा महान्यायाधिवक्ता हुनुभएको त्यतिबेला निकै राम्रा काम गर्नुभएको पाइन्छ ।३९बर्ष देखि अध्यापन गराउनु भएका उहाँका आज हजारौं कानुनका विद्यार्थी हरु देशका न्यायीक क्षेत्रमा जनताको न्यायिक सेवामा छ्न। अधिवक्ता , न्यायाधीश, बिशिस्ट कानुनी परामर्शदाता गरि उहाँका चेलाहरु हजारौं आफ्नो सेवामा देखिन्छ्न। उहाँ एक कानुन बिज्ञ ब्यक्ति हुनुहुन्छ ।उहाँले कानुनका दर्जनौं बुक लेखी प्रकाशित गर्नुभएको उहाँले कानुन मात्रै नभइ देशको आर्थिक, सामाजिक, इतिहास , धार्मिक, कृषि प्रणाली बारे गहिरो अध्यन राख्नुभएको पाइन्छ।भर्खरै मात्रै प्रकाशित बुक नागरिक समृद्धिको मुल मार्ग संम्बन्धि बुकमा उहाँले धेरै बिसयको उठान गर्नुभएको पाइन्छ।कुनै पनि कुराको राम्रोसँग तथ्यप्रमाणरुपमा आफ्ना प्रस्तुति दिनसक्ने पर्खर वक्ता हुनुहुन्छ ।
उहाँ सबै बिषयको राम्रो अध्यन चासो चिन्तन गर्न सक्ने बिशिस्ट ब्यक्ति हुनुहुन्छ । सकारात्मक सोचका उहाँ देशमा कृषि प्रणालीको बिकाश गर्नुपर्छ उत्पादन बढाउनुपर्छ ।उद्योगको स्थापना गरि उत्पादन गर्नुपर्छ।स्वदेश भित्र नै रोजगारी सिर्जना गर्न सक्नुपर्छ ।नागरिकका गाँस, बास, कपासको ब्यबस्था ।शान्ति, सुरक्षाअन्यायमा परेको लाई न्याय दिनुपर्छ ।देशलाइ एउटा आत्मनिर्भर सक्षम देशको रुपमास्थापित परिचीत गर्नुपर्छ।बिदेशमा गएका हाम्रा युवाशक्ती लाई स्वदेशमा बस्ने बाताबरण हुनुपर्छ भन्ने बिचार र उदेश्यका साथहिडनु भएको पाइन्छ।
प्रोफेसर डाक्टर युवराज संग्रौला जो मन्त्री प्रधानमन्त्री सम्म राम्रोसँग चलाउन सक्ने बिशिस्ट ब्यक्ती । यो देशलाई सहिदिशाबाट संचालक गर्न कानुनको शासन स्थापित गर्न संविधानको रक्षा गर्न।नागरिकको आवाजलाई बुलन्द गर्न सामाजिक न्याय देशको स्वाधीनताको रक्षाको लागि ऐले उहाँ झापा क्षेत्र न -२बाट प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्बारी दिनुभएको छ।अन्य दलमा रहदा भन्दा स्वतन्त्र ब्यक्तिको रुपमा नागरिक आवाज हरु प्रष्ट राख्न सजिलो हुने उहाँको तर्क छ। उहाँ जस्तो सबै बिषयको अध्यन गर्न सक्ने देश भक्त बिशिस्ट ब्यक्ती प्रोफेसर कानुन बिज्ञ प्रखर ब्यक्ती झापा २ले पाउनु एउटा खुशिको विषय हो।त्यहाँका मतदाता ले उहाँ जस्तो ब्यक्तिलाइ चुनेर प्रतिनिधि शभामा पठाउनु भयो भने देशमा नागरिकको आवाज दुखी पिडित को आवाज र सरकारलाइ एउटा कानुन सम्बन्ध संचालक गर्नको लागि उहाँको खवरदारअत्यन्तै राम्रो रहनेछ।उहाँजस्तो पर्खर ब्यक्तिको देशमा अत्यन्तै खाँचोछ । आशा छ झापा २का विवेकशिल मतदाताले आफ्नो विवेकको मत प्रयोग गर्ने छ्न ।
लेखक :काशिराम घिमिरे
