पर्वतको देउराली लाङ्दिमा पहिरो, छविलाल विक को दम्पति बेपत्ता

पर्वत — पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउराली लाङ्दिमा भीषण पहिरोले एक घर पुर्दा दुई जना बेपत्ता भएका छन् । अबिरल वर्षासँगै गएको पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् ।

Workplace

 

 

घटनाबेला घरमा रहेका विक दम्पति पहिरोमा पुरिएको स्थानीयले जनाएका छन् । उनीहरूका बुहारी भने सकुशल उद्दार गरिएको वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

“गएको रातिदेखिको लगातारको झरीपछि घरमाथिबाट पहिरो खसेर विकको घर पुरिएको हो,” अध्यक्ष क्षेत्रीले भन्नुभयो, “घटनास्थलमा स्थानीयको सहयोगमा उद्दार कार्य जारी छ ।”

स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षाकर्मीहरू मिलेर उद्दार कार्य तीव्र पारिएको जनाइएको छ । बेपत्ताहरूको खोजी कार्यमा कठिनाइ भइरहेको छ भने थप जोखिम रोक्न सावधानी अपनाइएको वडाध्यक्ष क्षेत्रीले बताए।

वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?