स्वर्गीय गोपाल बहादुर थापाको स्मृतिमा छोरा राम बहादुर र विष्णु थापाद्वारा सुपादेउराली मन्दिरमा एलइडी लाइट जडान

अर्जुन थापा अर्घाखाँची — स्वर्गीय गोपाल बहादुर थापाको पुण्य स्मृतिमा वडा नं. ७ का स्थानीय बासिन्दा राम बहादुर थापा र विष्णु थापाले जिल्लाकै प्रसिद्ध धार्मिक तीर्थस्थल सुपादेउराली मन्दिरमा आधुनिक एलइडी (LED) लाइट जडान गर्नुभएको छ। यस कार्यले मन्दिरको पवित्रता, गरिमा र सौन्दर्यमा थप निखार आएको छ।

Workplace

धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित सुपादेउराली मन्दिर अर्घाखाँची मात्र नभई छिमेकी जिल्लाबाट मात्र नभई नेलाल र छिमेकी रास्ट्र हरु बाट  समेत श्रद्धालुहरू आउने प्रमुख तीर्थस्थल हो। जनविश्वास, परम्परा र ऐतिहासिक महत्वसँग जोडिएको यस मन्दिरमा दर्शन गर्दा मनोकामना पूरा हुने, शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहँदै आएको छ।

एलइडी लाइट जडानपछि मन्दिर क्षेत्र रातिको समयमा समेत झनै उज्यालो, सुरक्षित र आकर्षक देखिन थालेको छ। यसले साँझ–बिहान दर्शन गर्न आउने भक्तजनहरूलाई सहजता प्रदान गर्नुका साथै मन्दिर क्षेत्रको समग्र सौन्दर्य र सुरक्षामा सकारात्मक प्रभाव पारेको स्थानीयहरूको भनाइ छ।

यस अवसरमा नेपाल खोजखबर ड्ट्कमको संवादमा राम बहादुर थापाले भन्नुभयो, “म स्वयं यही स्थानको बासिन्दा हुँ। सुपादेउराली मन्दिर हाम्रो आस्था, पहिचान र गौरवसँग जोडिएको धरोहर हो। यसको संरक्षण र सम्वर्द्धन गर्नु हाम्रो दायित्व हो भन्ने भावना बोकेर, स्वर्गीय बुवाको स्मृतिमा सानो भए पनि योगदान गर्न पाउँदा  आफू लाई गर्व लागेको बताएका छ्न ।

उहाँले मन्दिर कुनै व्यक्ति वा समुदायको मात्र नभई सम्पूर्ण क्षेत्रकै साझा आस्थाको केन्द्र भएकाले सबैले आ–आफ्नो ठाउँबाट संरक्षणमा हातेमालो गर्नुपर्ने आवश्यकता समेत  औंल्याउनुभयो।

मन्दिर नजिकैका र  स्थानीयवासीहरूले थापा दाजुभाइको यस कार्यलाई व्यक्तिगत श्रद्धा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा प्रशंसा गरेका छन्। उनीहरूका अनुसार, यस्ता सकारात्मक पहलले धार्मिक सम्पदाको संरक्षण, सौन्दर्यीकरण र भावी पुस्तामा आस्थाप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेलन सक्ने बताएका छ्न ।

स्वर्गीय गोपाल बहादुर थापाको सम्झनामा गरिएको यो पुण्य कार्यले सुपादेउराली मन्दिरमा उज्यालो मात्र थपेको छैन, भक्तजनहरूको मनमा आस्थाको उज्यालो पनि फैलाएको अनुभूति गराएको  धेरै जाना बताउछन्  छ।

रातिमा लाइट जडान पोछी देखिएको दृश्य

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?