icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

जेलबाटै ओलीको पक्षमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी

काठमाडौ -“नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी यसैसाता हुन लागेको पार्टीको ११औँ महाधिवेशन सफलताका साथ सम्पन्न हुनेमा अत्यन्त आशावादी देखिएका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले डिल्लीबजार कारागारमै बसेर पार्टीप्रतिको विश्वास व्यक्त गरेका हुन्।

Workplace

उनले नेपाल खोजखबर सँगको कुराकानीमा उनले महाधिवेशन प्रतिनिधिहरूले आफ्नो भनाइ र ‘गैरकानूनी रूपमा गरिएको हिरासत’ बारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने अपेक्षा व्यक्त गरे। उनले पार्टीको नेतृत्व पुनः अध्यक्ष केपी शर्मा ओलीकै हातमा जाने विश्वास दोहोर्याउँदै भने, “उहाँ मात्र हो, सिंगो पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सक्ने। उहाँ नै वास्तविक भिजनरी नेता हो।” रायमाझी बताउछन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणबाबत गुनासो  सुनाउदै भन्छन्  रायमाझीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफू निर्दोष हुँदा–हुँदै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उद्देश्यसहित मुद्दामा फसाएको  आरोप लगाए। उनका अनुसार नेकपा विभाजनपछि आफू एमालेतिर लागेकै आधारमा माओवादी नेतृत्वले ‘बदलाको भावनाबाट’ मुद्दा चलाएको उनी बताउँछन् ।

उनले यो प्रकरणसँग प्रत्यक्ष रूपले सम्बन्धित तत्कालीन गृह मन्त्री बालकृष्ण खाँण जमानतमा बाहिर रहेको तर आफू पौने तीन वर्षदेखि जेलमै बस्नुपरेको भन्दै गुनासो पोखे। रायमाझीका अनुसार पार्टी नेतृत्वले आफूलाई कानुनी रूपमा मुक्त गराउन आवश्यक पहल नगरेको प्रतीत पनि भइरहेको सुनाएका छ्न ।

 

रायमाझी महाधिवेशनमा ‘आवाज उठ्ने’ आशा यही कारणले उनले महाधिवेशनमा आफ्नाबारेमा प्रतिनिधिहरूले उठाउने आवाजले पार्टी नेतृत्व सजग हुने आशा व्यक्त गरे। उनले पार्टीभित्र न्यायिक प्रक्रियाको सम्मान हुने र नेतृत्वले निष्पक्ष ढंगले तथ्यमा आधारित निर्णय लिने दाबीसमेत गरेका छ्न ।

टोपबहादुर रायमाझीको राजनीतिक यात्रा संक्षेपमा टोपबहादुर रायमाझी नेपाली वाम राजनीतिमा तीन दशकभन्दा बढी समय सक्रिय नेता हुन्। उनले विभिन्न समयमा एमाले माओवादी  सरकारमा ऊर्जा, यातायात तथा पूर्वाधार मन्त्रालय,  लगायत महत्वपूर्ण मन्त्रालय सम्हालेका छन्।  उनी २०७२ को संविधान निर्माण प्रक्रियामा सक्रिय सदस्यका रूपमा परिचित भए। नेकपा (एमाले–माओवादी) एकतापछि बनेको तत्कालीन नेकपामा उनी उपमहासचिवस्तरको भूमिकामा देखिएका थिए। विभाजनपछि पुनः एमालेतर्फ लागेका रायमाझी पार्टीभित्र संगठनात्मक र शासन व्यवस्थासम्बन्धी विषयमा कडा र स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिन्छन्।

विशेषगरी यतिबेला देशभर टोपबहादुर रायमाझी र रबि लामिछानेको मुद्दा र उनीहरूको कारावास अवस्थाले धेरै प्रश्न खडा गरेको छ। दुवै जना फरक–फरक आरोपमा कारागारभित्र छन्, तर एउटा कुरा समान छ— अदालतले अहिलेसम्म कसैलाई पनि अन्तिम रूपमा दोषी प्रमाणित गरेको छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी ()
  • खुसी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?