icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

आज मिति २०८२ असार ३० गते सोमबार आजको राशीफल

 

Workplace

मेष : यो साता व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ।

बृष :विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ।

मिथुन : नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने लाभको सम्भावना न्यून छ। अनावश्यक खर्च बढ्न सक्छ। शारीरिक स्फूर्ति कम हुने र टाढाको यात्रा विशेष फलदायी नहुने समय छ।

कर्कट : यस साता आम्दानी बढ्नेछ र रोकिएका रकम फिर्ता हुने सम्भावना प्रबल छ। अध्ययन तथा व्यवसायमा प्रगति देखिन्छ। पारिवारिक सहयोगले कार्य सम्पादनमा सहजता ल्याउनेछ।

सिंह : आर्थिक पक्ष बलियो बन्नेछ। कानुनी वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। तर, निर्णयमा अनिश्चयको भावना बलियो हुन सक्छ, त्यसैले ठूला निर्णयमा धैर्य आवश्यक छ।

कन्या : नयाँ व्यावसायिक योजना तथा रचनात्मक कार्यमा लगानी गर्नु लाभदायक हुनेछ। आम्दानीमा उल्लेखनीय वृद्धि सम्भव छ। साथीभाइ र समकक्षीहरूको सहयोग पनि प्राप्त हुनेछ।

तुला : यो साता मिहिनेतको प्रतिफल अरूले लिन सक्ने सम्भावना छ। कामको चाप बढ्न सक्छ। प्रेम सम्बन्धमा मतभेद उत्पन्न हुने संकेत छन् भने विद्यार्थीको ध्यान अध्ययनमा केन्द्रित हुन कठिन हुन सक्छ।

वृश्चिक : कृषि तथा पशुपालन क्षेत्र लाभदायक बन्नेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। विरोधी पक्ष कमजोर बन्नेछ। सामाजिक र जनसेवामूलक कार्यहरूबाट प्रतिष्ठा र लाभ दुवै प्राप्त हुनेछ।

धनु : विगतका प्रयासहरूको सकारात्मक परिणाम प्राप्त हुनेछ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। सानो प्रयासबाट ठूलो सफलता मिल्न सक्छ। समाजमा योगदान दिने कामबाट मान-सम्मान प्राप्त हुनेछ।

मकर : यो साता आय वृद्धि हुने सम्भावना बलियो छ। सवारी साधन प्राप्ति वा रमणीय स्थानको यात्रा हुने संकेत छन्। धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यमा संलग्नता रहनेछ।

कुम्भ : केही कठिन परिस्थितिहरूको सामना गर्नु परे पनि धैर्यका साथ अघि बढेमा उपलब्धि प्राप्त हुनेछ। दैनिक कार्यमा व्यस्तता रहनेछ। नयाँ योजना तथा लगानीको लागि समय उपयुक्त छैन।

मीन : नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापारमा लाभदायक स्थिति देखिन्छ। रचनात्मक तथा उत्पादनमुखी काममा जुट्दा सफलता प्राप्त हुनेछ। पुराना रोकिएका कार्यहरू पनि पुनः प्रारम्भ हुनेछन्।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?