icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

“सामाजिक सेवामा सुपादेउराली साँस्कृतिक देउशी भैलो समुह “

काशीराम घिमिरे —  मानिस एक विवेकशिल प्राणीहो ।उ आफ्नो ब्यक्तिगत रुपमा कार्यक्रम मात्रै नभइ सामाजिक सेवामा समर्पित भएको हुन्छ।उसले समाजमा भएका दुखी पिडित असहाय बालबालिका देखि वृद्ध सम्म एउटा सहयोगको भावना दर्साएको हुन्छ।यो मानव जातिको बिस्वब्यापी रुपमा चलेको चलन हो। यी  सस्थाहरु समाजदेखी जिल्ला हुँदै देशब्यापी रुपमा हुने गर्दछ्न।

Workplace

हामी मानव जाती आफ्नो  घरपरिवारमा  मात्रै सिमित नभइ आफ्नो टोल समाज जिल्ला र देश भित्र अन्य दुखी  पिडित असहाय हरु प्रती निरन्तर रुपमा नियाली रहेका हुन्छौं । हामी भावनात्मक रुपमा पनि एक अर्काको दुख पिर मर्का बुझ्ने गर्दछौं ।घर देखि समाज देशमा यहीं विवेक पुर्ण कार्य गर्ने भएकोले मानवलाइ विवेकशिल प्राणी भनिएको हो।
हामी आफुमात्र खुशी भएर हुँदैन ।समाजमा अन्यको स्थिती के कस्तो छ त्यो बारेमा पनि हामी सोच बिचार ख्याल गर्नुपर्छ।

आफ्नो समाजमा के कस्तो आवस्यकता छ।के कस्ता ब्यक्ती हरुको बसोबास छ।उनिहरुलाई के कस्तो बस्तुको आबस्यकत्ता छ।यी सबै बुझ्ने र त्यस अनुरुप सेव उपलब्ध गराउनु आवस्यकता पुर्ती गर्नु उक्त सेवामा समर्पित हुनुनै मानवसेवा हो।
हाम्रो समाजमा कहिँ ब्यक्ती  अशक्त बिरामी घरवार बिहिनी वा घरपरिवार बिहिन बाबुआमा नभएका पीडित हुन सक्दछ्न ।ती ब्यक्ति आफैले यो आफ्नो आबस्यकत्ता पूरा गर्न सक्दैनन् यस्ता ब्यक्तिको लागि विवेकशिल मानवताको मूल्य मान्यता राखी हामि हरु उनीहरुको लागि सहयोगको भावना लिएर जे सकिन्छ त्यहीँ उनिहरुको अबस्यकता पुरागर्नु तिर लाग्नुपर्छ ।आखिर मानिसलाई मानिसको सहयोगको आवस्यक पर्ने गर्दछ।हामिले गरेको सानो सहयोगले उनिहरुको जीवन फेरिन सक्दछ।

यसै सिलसिलामा अर्घाखाँचीका  हामी युवा  दाजुभाइ तथा दिदिबहिनी हरु मिलेर यहीँ तिहारको अवसर पारेर सुपादेराली साँस्कृतिक देउशी भैलो समूह नामक सस्थाको नाममा देउशी कार्यक्रम काठमाडौमाका विभिन्न दर्जन बढी ठाउँमा हाम्रा प्रस्तुती हरु पस्किएका थियौ ।हाम्रो मुख्य उदेश्य हाम्रो कला साँस्कृतिलाई बचाइ राख्ने हो।अर्घाखाँची खेलिने देउशी भैलो सोरठी नाँच बासुरी  नाँच ।चुडका लगायत विभिन्न प्रस्तुति हरु प्रस्कदै हामी देशमा चर्चित इन्द्रेणीकार्यक्रम समेत हाम्रो प्रस्तुति पस्किएका थियौं ।

यी हाम्रा  प्रस्तुति बाट प्रभावित भइ हाम्रा अग्रज हरुले श्रद्धाले दिएको दक्षिणा हरुबाट संकलित रकमबाट हाम्रो त्यस क्रममा लागेको लागत घटाइ रहेको आम्दानी मध्ये केही प्रतिशत रकम हामी हाम्रो समाजमा रहेका दुखी पीडितलाई सहयोग गर्नेउदेश्यले  स्वच्छ मनका साथ हाम्रो यश टिमका साथिहरु आज जोरपाटी स्थित सहयोगी समाज नेपाल सस्थामा  गइ त्यहाँकोतत्कालको  आवश्यकता  अनुसार तेहवटा न्यानो फाइवर सिरक हरु वितरण गर्यौ। यश कार्यक्रममा यस समाजका संयोजक सुभाष ज्ञवाली सदस्य सचीव काशीराम घिमिरे गायक मोतिराज खनाल कोषादक्ष तथा समाजसेवी मुकुन्द घिमिरे भानु खनाल  धुर्व बस्नेत कृष्ण भुसाल  लगायत शाथि भाइको उपस्थितिमा उक्त सस्थाका अध्यक्ष त्यहाँका अन्य पदाधिकारी हरुको उपस्थितिमा यो हाम्रो कार्यक्रम सम्पन्न भएको थियो।

हाम्रो यो उदेश्य  देउशी भैलो बाट आएको केही रकमा समाजमा लगाउने समाजको लागि खर्च गर्ने थियो।त्यहीँ अनुरुप हामी यश कार्यक्रम सहभागी थियौं । हाम्रो यो सहयोगले उनिहरुको जिवनमा केही परिवर्तन होस । केही सुखको अनुभुती गर्न सकुन भन्ने हो।

यसरी हामी मानवताको नाताले एकाअर्कालाई आफ्नो सक्दो  सहयोग  गर्यो भने धेरैको मुहार फेरिन सक्दछ।बिरामिले औसधि पाउन सक्दछ। भोकाले भोजन असहायले सहारा  विद्यार्थीले किताब कलम मशी पाँउन सक्दछ।त्यसैले एउटा मानवताको लागि समाजमा प्रत्येक ब्यक्ति लागौं ।एकाअर्कालाई सहयोग गरौँ ।सबैलाई पोजेटिभ रुपमा हेरौं ।यसो गरेमा समाज बदलिने छ।ढिलो चाडैं सबैको मुहरमा मुस्कान देखिने छ।यहीँ नै जिवनको सबैभन्दा शुखको अनुभुती हुनेछ। हाम्रा अवका योजना हरु कार्यक्रम हरु सबै शाथिभाइको सरसल्लाह अनुरुप  अघि बढ्ने बाचा गर्दछौं  । जय सुपादेउराली साँस्कृतिक समुह ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?