चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनीको विजयी शुरुआत

काठमाडौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी शुरुआत गरेको छ ।

Workplace

लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले  १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो ।

लुम्बिनीका गुल्बादिन नइबले अविजित ४४, कप्तान रोहितकुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए । चितवनका रिजन ढकालले २ र सोहेल तानवीरले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

चितवनका रवि बोपाराले ६६ रन बनाए । प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३, अभिशेष गोतम र गुल्बादिन नइबले २ विकेट लिए ।

चितवनले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो ।

एनपीएलमा चितवन, लुम्बिनी, काठमान्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्ग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी आठ वटा टोली सहभागी छन् ।

मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?