पूर्व सांसद मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमको निधन भएको छ। कात्तिक दोस्रो सातादेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत रहनु भएका आलमको गए राति २ बजेर ५८ मिनेटमा मृत्यु भएको हो।

Workplace

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार ६३ वर्षीय आलमको उपचारका क्रममा निधन भएको हो। हृदयघातका कारण अवस्था गम्भीर बनेपछि उनलाई केएमसीको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

- Advertisement -Workplace

आलमलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। यसअघि, गत जेठ महिनामा नक्खु कारागारबाट छुटेपछि उनलाई ब्रेन स्ट्रोक समेत भएको थियो र त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको तयारीका क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा आलममाथि मुद्दा चलाइएको थियो। सो मुद्दामा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजायँ सुनाएको थियो।

पूर्व सांसद आलमको निधनसँगै नेपाली कांग्रेस र रौतहट क्षेत्रका कार्यकर्तामाझ शोक फैलिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?