एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

काठमाडौ – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

Workplace

अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि खनालले पहिलो पटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

गएराति गुण्डु पुगेका खनालले आफ्नो जीवनसंगिनी रवि लक्ष्मी चित्रकारको उपचारको सिलसिलामा कमरेड केपी ओलीले देखाएको सद्भावलाई विशेष धन्यवाद दिएका छन् ।

भेटमा वर्तमान राजनीतिको बारेमा पनि सामान्य छलफल भएको छ । भेटपछि प्रेस नोट जारी गर्दै खनालको सचिवालयले सञ्चारमाध्यममा आएको जस्तो भ्रमपूर्ण समाचारका पछि नलाग्न आग्रह गरेको छ ।

यस्तै आज उनले नेकपा (माओवादी केन्द्र) का संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय भए पनि खनाललगायतका नेताहरूले भने बहिस्कार गरेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?