गायिका ज्योति मगरको टिप्पणी : आज देशमा जे भइ रहेको छ, “यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो”

लुम्बिनी – लोकप्रिय गायिका ज्योति मगरले पछिल्लो समय देशभर भइरहेका राजनीतिक गतिविधि र जेन–जी आन्दोलनपछिका घटनाहरूलाई लिएर कडा प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अहिलेको परिस्थितिलाई ‘क्रान्ति होइन, अराजकता र भाँडभैलो’ भनेर व्याख्या गरेकी छन्।

Workplace

ज्योतिले लेखेकी छन्,  “आज जे भइरहेको छ, यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो।”

उनका अनुसार, नेपालमा भएका सबै राजनीतिक परिवर्तनहरू नेपाली जनताको हक, अधिकार र हितका लागि भएका हुन्। तर, ती परिवर्तनपछि पनि नेताहरूले जनताको वास्तविक अपेक्षा पूरा गर्न नसकेको उनको गुनासो छ।

जेन–जी आन्दोलनपछिको अवस्थालाई टिप्पणी गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा लेखेकी छन्,

“केटाकेटी आए गुलेली खेलाए, मट्यांग्राको नास।”अन्त्यमा उनले लेखेकी छन्, “ल, अब गाली बर्साउनुस् — देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू।”

सामाजिक सञ्जालमा सक्रिय कलाकार ज्योति मगर यसअघि पनि विभिन्न सामाजिक र राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएकी छिन्।

ज्योति मगरको  सामाजिक संजाल पोस्ट 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?