icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

कर्णालीका हिमाली भेगमा हिमपात, मुगुमा चिसो वृद्धि कृषक चिन्तित

रतन रावल कर्णाली – हिजो रातिबाट मौसममा आएको अचानक परिवर्तनसँगै कर्णाली प्रदेशका उच्च हिमाली भेगहरूमा हिमपात सुरु भएको छ। विशेषगरी मुगु, हुम्ला र डोल्पा जिल्लाका उत्तरी क्षेत्रहरूमा हिउँ पर्न थालेपछि मौसम एकाएक चिसिएको छ।

Workplace

मुगु जिल्लाका उच्च हिमाली गाउँहरूमा अहिले पनि लगातार हिउँ परिरहेको छ भने सदरमुकाम गमगढीमा वर्षा भइरहेको छ। हिमपातसँगै चिसो बढेपछि स्थानीयवासी बिहान–बेलुकी आगो ताप्न र न्यानो लुगा लगाउन बाध्य भएका छन्।

यस बीचमा मुगुका कृषकहरू खेतबारीमा व्यस्त देखिएका छन्। गमगढी बजार पारिका गाउँहरूमा अहिले तरकारी उत्पादनसँगै हिउँदे बाली रोप्ने तयारी भइरहेको छ। तर, बेमौसमी वर्षाले कृषकहरूलाई चिन्तित बनाएको छ।

कृषकहरूका अनुसार, कार्तिक महिनामा अन्नबाली भित्र्याउने सिजन भएकाले वर्षाले समयमै बाली संकलनमा असर पारेको छ। खेतबारीमा पानी जम्न थालेको र गाईगोराका लागि घाँस हरियो हुन नपाउँदा समस्या बढेको उनीहरूको गुनासो छ।

झ्यारी गाउँका किसान दिलराज रावल भन्छन्, “बेमौसमी वर्षा र हिउँका कारण हामीले धेरै दुःख पाएका छौं। खेतबारीमा अन्नबाली भित्र्याउने बेला वर्षा भएपछि सबै काम प्रभावित भएको छ।”

स्थानीय प्रशासनका अनुसार, हिमपातका कारण कर्णाली राजमार्गका केही खण्डहरू चिप्ला बनेका छन् भने उच्च हिमाली बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी एक-दुई दिनसम्म प्रदेशका हिमाली क्षेत्रहरूमा हिउँ र वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।

मुगु सदरमुकाम गमगढी बजार

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?