icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

दुर्गा प्रसाईँको आन्दोलन घोषणा : ऋण मिनाह, तलब वृद्धिदेखि हिन्दु अधिराज्यसम्मको एजेन्डा

काठमाडौं, । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अगामी छठपछि आफूहरुको आन्दोलन सुरु हुने बताएका छन् । उनले छठपछि नेपाल ठप्प पार्ने गरी आन्दोलन हुने बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डिजेल, पेट्रोल र खानेकुराको जोहो गरेर राख्नसमेत सबैलाई आग्रह गरे ।

Workplace

प्रसाईँले आफूहरुको आन्दोलन यो संविधान फ्याँकेर र वैद्धिक सनातनसहितको हिन्दु अधिराज्य कायम गराएमात्रै पूरा हुने बताए । उनले तबसम्म नेपाल बन्द नै हुने बताए ।

त्यस्तै, आफ्नो आन्दोलनको एजेण्डा गरिबहरुको २० लाखभन्दा तलको ऋण मिनाह हुनुपर्ने, बैंक, लघुवित्त र सहकारीले लिलाम गरेर लगेको सम्पत्ति उनीहरुकै नाममा फिर्ता हुनुपर्ने, सरकार ग्यारेन्टी बसेर २५ वर्षसम्म ऋण तिर्ने सुविधा दिनुपर्ने, देशका शिक्षक, कर्मचारी सबैलाई एक लाखभन्दा बढी तलब दिने, भ्रष्टाचारको अन्त्य गर्ने रहेको पनि उनले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?