एकीकृत समाजवादीको अडान : मुख्यमन्त्री हेरफेर गठबन्धनको शीर्ष तहबाट मात्र

'अवसरहरुको समान बाँडफाँड हुनुपर्छ'

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

Workplace

शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएका छन् । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्ने गरी शीर्ष तहले नै टुंग्याउनुपर्ने बताए ।

सबै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय उठेको भन्दै उनले भने, ‘यसकारण गठबन्धनका दलभित्र बसेर सबैतिर एकैतिर सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरी काम गर्‍यो भने सबैभन्दा परिपक्व हुन्छ, प्रत्येक सांसदहरुले तनाव लिनु पर्दैन । अथवा म फलानोलाई हटाउन लागिरहेको छु बनाउन लागिरहेको छु भन्ने तनावबाट उनहरु मुक्त हुन्छन्, पार्टीभित्र दबाव कम हुन्छ ।’

७ प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् । एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्ती छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ । ‘कहिँ न कहिँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।

एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुंग्याउने निर्णय गरेको बताए । ‘अहिले हल्ला चलेको विषयमा गठबन्धनको शीर्ष नेताले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने निर्णय भएको छ’ उनले भने ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?