अविरल वर्षाले देश ठप्प, सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा

काठमाडौँ, –  देशभर भइरहेको अविरल वर्षाको कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (असोज १९ र २० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Workplace

गृह मन्त्रालय स्रोतका अनुसार लगातारको वर्षा, राजमार्गहरूमा खसेका पहिराे र जल तथा मौसम विभागले जारी गरेको अति उच्च सतर्कता सन्देशका कारण तत्कालका लागि देशभरका सरकारी कार्यालयहरू बन्द गर्ने निर्णय भएको हो।

नेपाल्  खोजखबर लाई प्राप्त जानकारी अनुसार यसअघि आइतबारदेखि नियमित कामकाज सुरु गर्ने तयारीमा रहेका सरकारी निकायहरू अब दुई दिनका लागि पुनः बन्द हुने भएका छन्।

गृह मन्त्रालयमा आज देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी विशेष बैठक बसेको छ। बैठकमा उच्च जोखिम भएका बस्तीहरूमा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गर्ने निर्णय गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धार टोलीहरू आकस्मिक उद्दारका लागि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, जल तथा मौसम विभागले देशभर अझै भोलिसम्म (आइतबार रातिसम्म) निरन्तर वर्षा हुने अनुमान गर्दै सबै नागरिकलाई अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार विशेषगरी तराई र मध्यम पहाडी क्षेत्रका नदीहरूमा बाढीको जोखिम अत्यधिक बढेको छ भने काठमाडौं उपत्यकाको बागमती नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढिरहेको छ।

यातायात व्यवस्था पनि प्रभावित बनेको छ।
हेटौँडा–काठमाडौं जोड्ने सबै सडक मार्गहरू तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ भने बीपी राजमार्गका विभिन्न स्थानमा पनि सवारी आवागमन रोकिएको छ।

मौसमी न्यून चापीय प्रणाली अझ सक्रिय बन्दै काठमाडौं र आसपासका क्षेत्रमा थप वर्षा ल्याउँदै गरेको मौसमविद्हरूले बताएका छन्।

स्रोतका अनुसार, सरकारले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति, उपकरण र राहत सामग्री तयारी अवस्थामा राखेको छ। उच्च जोखिम क्षेत्रका स्थानीय तहहरूलाई सतर्क रहन र उद्धारका लागि समन्वय गर्न पनि निर्देशन दिइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?