पूर्वराष्ट्रपति भण्डारीको संकेत: आवश्यकता परे दलीय राजनीतिमा फर्किने तयारी

 

Workplace

विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय आवश्यकताका आधारमा दलीय राजनीतिमा पुनः सक्रिय हुने संकेत दिएकी छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले कुनै दलमा आवद्ध हुने निर्णयमा भने नपुगेको स्पष्ट पारिन्।

‘राष्ट्रपति पद गैरराजनीतिक होइन। म राष्ट्रिय राजनीतिका मुख्य एजेन्डाहरूमा सक्रिय छु। शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, र युवाहरूको वैदेशिक रोजगारीजस्ता समस्याहरू समाधानका लागि छलफल चलाइरहेकी छु,’ भण्डारीले भनिन्। उनले ती एजेन्डाहरू पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्ने अवस्था आए निर्णय गर्ने बताइन्।

दलीय राजनीतिमा फर्कने चर्चा चलिरहँदा एमालेको भावी अध्यक्ष बन्ने योजनाबारे सोधिएको प्रश्नमा उनले अहिले कुनै दलको पद ग्रहण गर्ने निर्णयमा नरहेको स्पष्ट पारिन्। तर, भविष्यमा दलीय राजनीतिमा लाग्नुपरे एमालेबाटै सक्रिय हुने बताइन्। ‘म एमालेमै जन्मेर हुर्किएकी हुँ, त्यसैले भविष्यमा दलीय राजनीतिमा फर्कनुपरे त्यही जानुपर्ने हुन्छ,’ उनले भनिन्।

जनतामावि इटहरीको वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विराटनगर आफ्नो राजनीतिक यात्राको प्रारम्भिक केन्द्र रहेको बताइन्। ‘विराटनगर मेरो पुरानो गृह जिल्ला हो। यहाँका पुराना साथीहरूसँग भेट र नयाँ पुस्तासँग पनि संवाद गर्न मन लागेर आएकी हुँ,’ भण्डारीले भनिन्।

पूर्वराष्ट्रपतिले राष्ट्रका एजेन्डाहरूमा संवाद र सहयोगका लागि आफूले पहल जारी राख्ने र आवश्यकता अनुसार दलीय राजनीतिमा प्रवेश गर्ने सक्ने सम्भावनालाई खुला राखेकी छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?