२६ फाल्गुन २०८२, मंगलबार

सरु सुधाको कविता पीडाको स्वर, धैर्यको प्रश्न

अर्घाखाँची – अर्घाखाँचीकी सरु सुधाले प्रस्तुत गरेको यो कविता सामान्य नागरिकको पीडा, अन्याय र मौन रहेको व्यवस्थामाथि गहिरो प्रश्न देखन सकिन्छ । अधिकार पाउन संघर्ष गर्नुपर्ने, न्याय माग्दा समेत चोट व्यहोर्नुपर्ने अनि श्रम बेच्नेहरूलाई अझै विदेशी भूमिमा अपमान सहनुपर्ने अवस्थालाई सरु सुधाको कविताले  देखाएको छ।

Workplace

सरु सुधाको उक्त कविता 

मेरो धैर्यलाई कसैले यसरी नापिदिन्छ
ताला फोरेपछी बल्ल हातमा चाँबी दिन्छ

आज फेरि सुटबुट लगाएर जानुहोस् त
पसलेले तपाईलाई पनि बाँकी दिन्छ

सरकार अधिकार दिँन्न न्याय पनि दिन्न
लड्नुस् अनि खुट्टा भाच्नुस् बैसाखी दिन्छ

मान्छे काटेर देशमा खुलेआम छ मान्छे
पसिना बेच्नेलाई विदेशीले फाँसी दिन्छ

जिउँदोमा केही नदिओस् ऊ छिमेकी हो
मर्दै गर्दा भेटे एक अन्जुली पानी दिन्छ

– सरु सुधा, अर्घाखाँची

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?