
- बिहीबार स्थानीय बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ।
- सुनको मूल्य घटेर प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौ – स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर ४ हजार ७४५ रुपैयाँमा कायम भएको छ।
अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
