चार दिनपछि कर्णाली राजमार्ग खुल्यो, स्याउका ट्रक गन्तव्यतर्फ

कर्णाली – अविरल वर्षापछि आएको भीषण ढुङ्गा सहितको पहिरोले चार दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

Workplace

भदौ १४ गते बिहान ९ बजेदेखि कालिकोटको गगने खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । मंगलबार दिउँसो १२ः४० बजेदेखि राजमार्ग सञ्चालनमा आएपछि सडकमा चार दिनदेखि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत–नेपालगञ्जतर्फ गएका छन् ।

राजमार्ग बन्द हुँदा २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए । ती ट्रकमा झण्डै १३ करोड रुपैयाँ बराबरका १८४ मेट्रिकटन स्याउ लोड गरिएको थियो । लामो समय सडकमै रोकिँदा स्याउ कुहिने खतरा व्यापारीमा बढेको थियो ।

ढुङ्गा फोड्न ब्रेकर प्रयोग गर्दा नफुटेपछि अन्ततः नेपाली सेनाले ब्लाष्ट गरेर सडक खुलाइएको हो । तर सोमबार पनि चार पटकसम्मको ब्लाष्ट असफल भएपछि वर्षातका कारण लेदो पहिरो थप खस्न सक्ने जोखिम देखिएकोले काम रोकिएको थियो ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार कालिकोट प्रहरीले प्रशासन र नेपाली सेनासहित सबै जनशक्ति परिचालन गरेर सडक सुचारु गरिएको हो । उहाँले मौसम प्रतिकूलता, भौगोलिक कठिनाइ र स्रोत–साधनको अभावका कारण सडक चाँडै खुलाउन नसकिएको बताउनुभयो ।

स्याउका गाडीहरू गन्तव्यतर्फ लागेपछि किसान र व्यापारी खुसी भएका छन् । उनीहरूले हरेक वर्ष स्याउ सिजनमै राजमार्ग अवरुद्ध हुने समस्या देखिने भएकाले दीर्घकालीन समाधान र ढुवानीमा सहुलियत दिन सरकारसँग माग गरेका छन् ।

सडक डिभिजन जुम्लाले अझै वर्षा जारी रहेकाले कर्णाली राजमार्गमा पहिरोको जोखिम कायम रहेको जनाउँदै अत्यावश्यक कामबाहेक यात्रामा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?