२६ फाल्गुन २०८२, मंगलबार

अर्घाखाँचीमा २२ वर्षीय पुरुषको शव फेला,

 

Workplace

अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली मन्दिर नजिकै रहेको झोलुङ्गे पुलको तलतिर एक २२ वर्षीय पुरुषको शव फेला परेको छ।

कपिलवस्तु जिल्ला, बुद्धभूमि नगरपालिका–९ का २० वर्षीय अनिल बादी यही मिति २०८२ साल वैशाख १४ गते बिहान ९ बजे सुपादेउराली मन्दिर दर्शन गर्न घरबाट हिँडेका थिए। त्यसयता उनी घर र परिवारको सम्पर्कमा नरहेको र वैशाख १५ गते मृतककी दिदीले प्रहरी चौकी नरपानीमा मौखिक जानकारी गराएकी थिइन्।

आज बिहान खोजतलास गर्ने क्रममा सन्धिखर्क नगरपालिका–७ सुपादेउराली मन्दिरमाथिको झोलुङ्गे पुलको मुनि उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक रविन्द्र चन्दको कमाण्डमा SOCO टोलीसहित ७ जनाको प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमा मुचुल्का उठाई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरीले जनाएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी ()
  • हाँस्यास्पद ()
  • खुसी ()
  • अचम्मित ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?