बुटवलमा सडक अतिक्रमणविरुद्ध कडा अभियान : फुटपाथ खाली गराउँदै उपमहानगरपालिका

समाचार सारांश
Auto Generated by AI
  • बुटवल उपमहानगरपालिकाले सहरलाई सफा र व्यवस्थित बनाउन सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ।
  • माइकिङमार्फत पटकपटक आग्रह गर्दा पनि नहटेका अनधिकृत संरचनाहरूमा डोजर चलाएर सामान जफत गरिएको छ।
  • नगरपालिकाले यो अभियान तीव्र पारे पनि साना व्यवसायीहरूले भने उचित विकल्पको व्यवस्था गर्न माग गरेका छन्।

रुपन्देही। बुटवल उपमहानगरपालिकाले सहरलाई व्यवस्थित, सफा र सुरक्षित बनाउने लक्ष्यसहित सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान तीव्र बनाएको छ। उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेका अनुसार सार्वजनिक स्थललाई पैदलयात्रीमैत्री बनाउन कसैप्रति पक्षपात नगरी अभियान अघि बढाइएको हो।

Workplace

उपमहानगरपालिकाले अभियान अघि बढाउनुअघि लगातार तीन दिनसम्म माइकिङमार्फत व्यावसायीलाई स्वेच्छिक रूपमा सडक तथा फुटपाथ खाली गर्न आग्रह गरेको थियो। सो आग्रहलाई बेवास्ता गर्नेहरूविरुद्ध बुधबारदेखि डोजरसहितको टोली परिचालन गरी अतिक्रमण हटाउने काम थालिएको हो।

अभियानअन्तर्गत बुधबार बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रका फुटपाथमा रहेका अनधिकृत संरचना तथा व्यापार हटाइएको छ। निर्देशनलाई अटेर गर्दै व्यवसाय सञ्चालन गरिरहेका केही व्यापारीका सामग्रीसमेत जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ।

मेयर पाण्डेले सडक पेटी पैदलयात्रीको सुरक्षित आवागमनका लागि बनाइएको स्पष्ट पार्दै त्यसको दुरुपयोग सह्य नहुने बताए। “सार्वजनिक स्थानमा अनधिकृत रूपमा व्यवसाय गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

यता फुटपाथ व्यवसायीहरूले भने आफ्नो जीविकोपार्जनसँग जोडिएको विषय भएकाले वैकल्पिक व्यवस्थाको माग गरेका छन्। उनीहरूले उचित स्थान उपलब्ध गराएर मात्र हटाउने कदम चाल्नुपर्ने बताएका छन्।

उपमहानगरपालिकाको यो अभियानले एकातिर सहर व्यवस्थापनमा सकारात्मक सन्देश दिएको छ भने अर्कोतर्फ साना व्यवसायीको पुनःस्थापनाको चुनौतीसमेत देखाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?