icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

बलिउड चर्चित गायिका पलक मुचालको नेपालमा पहिलोपटक लाइभ प्रस्तुति हुने ।

काठमाडौ – पलक मुचाल  लाइभ इन नेपाल सेप्टेम्बर १९ मा आयोजना हुने बलिउडकी चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

Workplace

आउँदो सेप्टेम्बर १९, २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने “पलक मुचाल लाइभ इन नेपाल” कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्।

कार्यक्रमको प्रस्तुति वर्ल्डवाइ फिल्म्स नेटवर्क प्रा.लि.ले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रा.लि.ले गर्नेछ।

आयोजकका अनुसार, यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको छ। विशेष रूपमा, यस कार्यक्रममा कोरियाली गायिका Celinedee Matahari ले पनि आफ्नो प्रस्तुति दिनेछिन्।

उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी कलाकार हुन् र अन्तर्राष्ट्रिय रूपमा चर्चित छिन्।
आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । साथै, नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ।

टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?