सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने कांग्रेस को घोषणा

काठमाडौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय र प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या कटौती गर्ने घोषणा गरेका छन ।

Workplace

काठमाण्डौमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले सङ्घमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गर्नुभयो । गठबन्धनको नाममा भागबण्डा गर्न कुनै पनि दलले मन्त्रालय सङ्ख्या बढाउन नपाउने गगनको भनाइ छ ।

- Advertisement -Workplace

सभापति थापाले २०४६ सालपछि कांग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू कांग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गर्नुभयो ।

त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आउँदो पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गर्नुभयो ।

आउँदो पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने कांग्रेसको प्रतिबद्धता छ ।

सभापति थापाले अब कुनै पनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गर्नुभयो । अबको पाँच वर्षभित्र देशबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने गगनको दाबी छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?