रतन रावल मुगु – हिमाली जिल्ला मुगुको एकमात्र नगरपालिका, छायाँनाथ रारा नगरपालिका, नगर–प्रमुख विष्णु कुमार भामको नेतृत्वमा श्रमदानकै आधारमा “विकासमुख” नगरपालिका बन्दै गएको छ।

शनिबार परेको दिन आयो कि काँतमा कोदालो, साबेल बोकेर श्रमदानमा खटिने प्रमुख भाम, नगर प्रहरीसँगै गाउँ–गाउँ पुगेर योजनामुखी कामलाई अगाडि बढाइरहेका छन्। खानेपानीका धारा निर्माणदेखि मठ–मन्दिर, बाटो, पुलपुलेसा जस्ता आधारभूत पूर्वाधारसम्म श्रमदानबाटै सम्पन्न हुँदै आएको नगर प्रमुखले बताएका छ्न ।

सानै उमेरदेखि श्रमप्रेमी नगर प्रमुख भाम सानै उमेरदेखि श्रममा सक्रिय थिए। युवा अवस्थामा तीन वर्षसम्म गोरु चराउने, गाउँघरमा काम गर्ने र दुई वर्षसम्म वनजंगल हेर्ने चौकीदारको अनुभव गरेका उनले, पछि वडा अध्यक्ष हुँदा समेत श्रमदानमार्फत थुप्रै काम अगाडि बढाए। यही निरन्तरतामा अहिले नगर प्रमुख भएर पनि श्रमलाई मुख्य आधार बनाएर नगर विकास गरिरहेका छन्।
युवालाई आकर्षित गर्ने श्रमदान योजना हाल नगरपालिकाभित्र युवाको चासो बढ्दै गएको छ। प्रमुख भामकै अगुवाइमा श्रमदानमै आधारित विभिन्न युवामुखी कार्यक्रम सञ्चालन भइरहेका छन्। उनले भने, “हामीसँग पैसाभन्दा ठूलो कुरा श्रम नै हो। सबैले थोरै श्रम गर्ने हो भने नगर आफैं समृद्ध हुन्छ।” उनी बताउछन् ।
पारदर्शिता र सेवा–भाव आफ्नो मुख्य पेसा नगर प्रमुख बनेदेखि अहिलेसम्म नगरपालिकामा कुनै पनि प्रकारका अनियमितता र भ्रष्टाचार नभएको स्थानीयवासी बताउँछन्। सरकारी सुविधा पारदर्शी रूपमा प्रयोग गर्ने भाम विपन्न, टुहुरा बालबालिका, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गर्छन्।
नेपाल सरकारले दिने विभिन्न भत्ता वा सुविधा जस्तै रिचार्ज खर्च समेत नलिएको भामले आफू त्यस रकमलाई सामाजिक उत्तरदायित्वमा खर्च गर्ने गरेका छन्। विपत् वा दुर्घटना पर्दा उनी आफैं एम्बुलेन्स वा नगर बस हाँकी बिरामीलाई उपचारका लागि लैजाने गरेका छन्।
यसरी विकटतामा पनि उदाहरणीय नेतृत्व सुगम क्षेत्रमा भएको भए भामको श्रमदानमूलक काम सामाजिक सञ्जाल र मिडियामा व्यापक चर्चित हुने थिए भन्ने टिप्पणी नगरवासीले गर्छन्। तर विकट हिमाली जिल्लामा जन्मेर त्यही ठाउँमै श्रमदानको बाटो समातेका उनले आफ्नो नेतृत्वमा नगरपालिका समृद्धिको बाटोमा अघि बढाइरहेका छन्।
स्थानीयवासीका अनुसार, श्रमदानमै भर परेर विकासमा देखिएको यो गति मुगु जिल्लाको मात्र नभई मुलुककै लागि पनि अनुकरणीय उदाहरण बन्न सक्नेछ।
सत्कर्म गर्ने हो भने एक दिन सफल आफै भैइन्छ यो उदाहरण नगर प्रमुखले पेस गरेका छ्न पछिल्लो समय धरानका मेयर समेत यो अभियानमा विभिन्न काम गर्दै आएका छ्न उनको धेरै प्रचार हुन्छ तर यसरी विकट अनि मिडिया पौच नभएको स्थानमा सबैको नजर जान सक्दैन यस्तै सकारात्मक र खोजमुलक पत्रकारिता नै हाम्रो नेपाल खोजखबरको मुख्य एजेन्डा हो यसै को आधारमा यो समाचार प्रसारण गरेका छौ।

