प्रचण्ड आज साँझ नक्खु कारागारमा रवि लामिछानेलाई भेट्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जान लागेका छन्।

Workplace

 

प्रचण्ड आज साँझ ६ बजे पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। सहकारी ठगी मुद्दामा थुनामा रहेका लामिछानेलाई केही दिनअघि मात्र रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार स्थानान्तरण गरिएको हो।

स्थानान्तरण भएको भोलिपल्टै लामिछानेको स्वास्थ्यमा समस्या देखिएको र चिकित्सकको निगरानीमा राखिएको जानकारी सार्वजनिक भएको थियो।

यसअघि विभिन्न दलका शीर्ष नेताहरू पनि लामिछानेलाई भेट्न कारागार पुगेका थिए। प्रचण्डको आजको भेटलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?