“देशका लागि काम गर्नेलाई नै बञ्चित गरिन्छ” – पत्रकार बाबु रोका मगरको तितो अनुभव

लुम्बिनी – पत्रकारिता, समाजसेवा र प्रवासी नेपाली हितको अभियानमा लामो समयदेखि सक्रिय बाबू रोकाले देश र समाजको भलोका लागि लिएको बाटोमा आफैंलाई एक्लो बनाइएको गुनासो गरेका छन्। नेपाल र भारत दुवै देशमा पत्रकारिता क्षेत्रका लागि योगदान दिएका रोकाले आफूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्दा पनि साथ र समर्थन नपाएको तीतो अनुभव सुनाएका छन्।

Workplace

पत्रकार रोकाले सन् २०१० देखि भारतको राजधानी दिल्लीबाट ‘स्वदेश फर्क अभियान’ सुरु गरेका थिए। त्यो बेला धेरैले विरोध र अप्ठ्यारोसमेत दिएको स्मरण गर्दै उनी भन्छन्, “म सबैको भलो चाहन्थेँ, तर मलाई सबैले एक्लो बनाए।”

नेपाली पत्रकारितामा योगदानस्वरूप उनले २०७० सालदेखि निरन्तर संघर्ष गर्दै २०७३ सालमा भारतमै पहिलोपटक नेपाली पत्रकार महासंघको गठन गरेका थिए। महासंघको गठन कार्य एकदम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै रोकाले अगाडि लेखेका छन्, “संघ गठनपछि आफैं सदस्य भएर नयाँ साथीहरूलाई माथिल्लो तहमा राखें। तर तिनैले पछि पद, दाम र नामको पछि लागेर आफ्नो औकात देखाए।”

आफ्नो स्वतन्त्र विचार र निष्पक्ष शैलीका कारण केही व्यक्तिहरूसँग विचार नमिलेको र त्यसैले सम्बन्ध समेत टुटेको उनले बताए। उनी भन्छन्, “मलाई चाएकै स्वतन्त्रता थियो, उनीहरूलाई पद। त्यसैले नो कन्ट्याक।”

पत्रकारितासँगै साहित्य र रचनात्मक क्षेत्रमा समेत सक्रिय बाबू रोकाले विभिन्न मिडिया संस्थाहरूलाई निःशुल्क लेख, समाचार तथा रचनाहरू उपलब्ध गराउँदै आएका छन्। “पत्रकारिता क्षेत्रमै काम गरेँ, योगदान दिएँ – सित्तैमा पनि लेख रचना दिएँ,” उनले भावुक हुँदै सुनाए।

अन्त्यमा उनी भन्छन्, “आज आएर बुझें – देश र समाजको भलो चाह्ने व्यक्तिलाई रोक्न हजारौं मान्छे लाग्छन्। सत्य बोल्नेलाई झन् कठोर बनाइन्छ।”

दिल्लीमा समाजसेवा र पत्रकारी काम गर्दागर्दै नोकरी छुट्न पुग्यो जसको कारण उनलाई आर्थिक समस्या निकै झेल्नुपरेको थ्यो नोकरी छुटेर दिल्ली मै ब्यबसाय गर्ने तयारी गर्दैगर्दा कोरोनाले ब्यबसाय धरासायी बनायो कोरोनाको महामारी मा दिल्लीमा रहेका नेपालीहरु लाई सक्दो राहत वितरण गरेका रोका ले त्यही बखत केही दलालहरुले नेपाली चेलिहरुलाई अवैधानिक तवरले विदेश लैजान भनी रोहिणीमा बन्दक बनाएर राखेका ७ जना चेलीहरुलाई कोरोनाकै समयमा ज्यानको बाजि राखेर उद्दार गरेर नेपाल पुर्याए त्यसपछि उनी नेपाल मै केही गरौं भनेर “सीप सिकौं पसिना आफ्नै देशमा बगाऔं” भन्ने संघर्षको पाइला चाले।

नेपालमा महङाई र भ्रष्टाचार विरुद्ध ३ दिन सम्म भोकै दाङको लमहीमा अनसनमा बसे लगत्तै २०७९ को संघिय चुनावमा अर्घाखाँची प्रदेश “ख” बाट प्रदेश सभासद मा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका बाबु रोका ले देश बनाउन अब युवाहरुको भुमिका हुनुपर्छ भन्ने संदेश दिदै राजनीति क्षेत्रमा कदम बढाए र नेपालका विभिन्न जिल्लामा पुगेर जिल्ला अबलोकन गर्दै युवाहरु संग छलफल गर्दै देश बनाउन एकजुट हुनुपर्ने बताए ।

नेपालमा लगातार ५ वर्ष बसेपछि रोका भन्छन नेपालमा बाँच्न कि टन्नै दाम हुनुपर्छ कि त भने दम हुनुपर्छ कि त भने राजनीतिक दलको झोले हुनुपर्छ देशको राजनीतिक गतिविधि बाट वितृष्णा भएर कयौं युवाहरु देश छोडिरहेकाबेला उनी एक्लो महसुस गरिरहेका छन ।

हाल उनी कृषि र बाँसजन्य उत्पादनमा जुटिरहेका छन लोकतान्त्रिक गणतन्त्र मा स्वतन्त्रता हुनुपर्ने तर स्वतन्त्र भएर बाँच्न निकै गाह्रो भएको गुनासो गर्छन केहिदिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई आफ्नै कार्यकक्षमा बोलाएर उद्दमी बन्न हौसल दिदै आगामी कार्यक्रममा केही बजेट को ब्यबस्थापन गरिदिने बाचा गरेका छन ।

बाँसबाट बनेका सामग्रीहरू

बाँस बाट बनेका सामाग्री हरु मुख्यमन्त्री चेतनारायण आचार्य र बाबू रोका मगर
अहिले बाबु रोका एकदम ब्यस्तताको बाबजुद नेपाली टेलि सिरियल जिवनजात्रा मा काजी को भुमिका निभाउदै साथै संचार र समाजिक कार्यमा जुटिरहेका छन ।

पत्रकार बाबु रोकाको यो आत्मकथन न केवल व्यक्तिगत पीडा हो, यो त  देशमा इमानदारी प्रयासहरूहरु लाई कसरी दबाइन्छन् भन्ने एउटा उदाहरणसमेत हो भने आकलन सजिलै गर्न सकिन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?