रुपन्देहीको सुद्धोधन गाउँपालिकाका कर्मचारीले गरे मन्त्रालयको कार्यक्रम बहिस्कार

खिम खड्का रुपन्देही 
१५ वैशाख रुपन्देही । रुपन्देहीको सुद्धोधन गाउँपालिकाका कर्मचारीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेका छन ।

Workplace

शुद्धोधन गाउँपालिकाको आग्रहमा वैशाख १४ गते संघिय मामिला मन्त्रालयले आयोजना गरेको स्थानिय तह सङ्ग संघियता कार्यान्वयन सम्बन्धी सहजिकरण कार्यक्रममा कर्मचारीले बहिस्कार गरेका हुन भने जनप्रतिनिधिको न्युन उपस्थिति रहेको थियो ।

कार्यक्रममा शाखाका कर्मचारी र जनप्रतिनिधि गरि ४० जना भन्दा बढिलाइ निमन्त्रणा पठाइएकोमा कम्तिमा पनि ३५ भन्दा माथी उपस्थिति हुनुपर्नेमा जम्मा ३ जना कार्यपालिका सदस्य र ५ जना कर्मचारी उपस्थिति भएको र अन्तिम सम्म बस्ने जम्मा ३ जना रहेको शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधित्व गरेर जानुभएको शाखा अधिकृत हरि प्रसाद पौडेलले संघिय मन्त्रालयले आयोजना गरेको महत्वपुर्ण कार्यक्रममा कर्मचारीहरु उपस्थित नहुनु राम्रो पक्ष नभएको बताउनुभयो ।

उहाँले केही समय अगाडी देखि पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्ग कर्मचारीको बढुवा (स्तर उन्नतिको) बिषयलाइ लिएर असन्तुष्ट र गुनासो रहेको बताउदै अहिले प्रदेश र संघको कानुन बाँझिएर आएको सन्दर्भमा व्याक्तिगत रुपमा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर बढुवाको बिषय हल हुन नसक्ने समेत बताउदै यही विषयलाइ लिएर केन्द्र बाट आएको कार्यक्रम कर्मचारीले बहिस्कार गर्नु दुखद भएको धारणा राख्नुभयो ।

पछिल्लो समय रुपन्देहीको सुद्धोधन गाउँपालिकाका प्रमुक प्रशासकीय अधिकृत र कर्मचारी बिच बढुवा लगायतको बिषयमा विवाद र मनमुटाव पैदा हुँदा दैनिक कार्यक्रम संचालन र सेवा प्रवाह समेत प्रभावित बन्दै आइरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?