आउँदो पुसमा बाघ गणना गरिने

चितवन – आउँदो पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।

Workplace

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर यसका लागि एक करोड ५० लाख रुपैयाँभन्दा धेरै खर्च हुने गर्छ । हरेक चार–चार वर्षमा बाघको गणना गरिँदै आएको छ ।

विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो ।

एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने तयारी छ । बितेको आर्थिक वर्षमै गर्ने भनिएको गैँडा गणना अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिनेछ ।

गैँडा गणनाका लागि पनि विभागले १८ लाख रुपैयाँ नै विनियोजन गरेको छ । गैँडा गणना गर्न दुई करोड रुपैयाँभन्दा धेरै खर्च लाग्ने गर्छ । बाँकी रकमका लागि दाताहरूसँग सहयोग मागिने भएको छ ।

यसअघि सन् २०२२ मा गरिएको गणनामा नेपालमा तीन सय ३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेराहरू राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्छ । बाघहरूको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्छ ।

गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा सात सय ५२ वटा गैँडा फेला परेका थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?