icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

पत्रकार सगर महतलाई वन डढेलो नियन्त्रणमा योगदान पुर्‍याएकोमा सम्मान

अर्घाखाँची, — पत्रकार सगर महत, जो हाल विभिन्न टेलिभिजन, रेडियो तथा अनलाइन मिडिया संस्थासँग आवद्ध रहँदै आएका छन्, वन डढेलो नियन्त्रण तथा वन संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै डिभिजन वन कार्यालय अर्घाखाँचीबाट सम्मानित भएका छन्।

Workplace

वन डढेलो नियन्त्रणका सन्दर्भमा निरन्तर रिपोर्टिङ, जनचेतनामूलक कार्यक्रम प्रसारण, अन्तरवार्ता तथा तथ्यपरक समाचारमार्फत उनले समुदायमा चेतना फैलाउने कार्य गर्दै आएका छन्। विशेषगरी स्थानीय तहसम्म संचार माध्यमको प्रभावकारी उपयोग गर्दै महतले वन संरक्षणप्रति जनजागरण अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेका थिए सोही अनुरुप उनी समानित भएका हुन ।

डिभिजन वन अधिकृतले कार्यक्रमका क्रममा भने, “सगर महतजस्ता सञ्चारकर्मीको सक्रिय संलग्नतामा  वन डढेलो नियन्त्रण अभियान केही हद हामी नियन्त्रणमा गर्न सफल भएका छौ  । उहाँको कार्यले समुदायमा सजगता बढेको उल्लेख गरेका थिए ।

सम्मान ग्रहण गर्दै पत्रकार महतले भने, “सञ्चारको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मेरो विश्वास हो। वन संरक्षणजस्ता विषयमा जनचेतना जगाउनु मेरो पेशागत दायित्व मात्र होइन, नैतिक जिम्मेवारी पनि हो।”उनि बताउछन् ।

सम्मान कार्यक्रममा पत्रकार महासंघका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी, सरोकारवाला निकायका व्यक्तित्वहरू र वन कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?