महोत्तरीमा लागूऔषध ब्राउन सुगरसहित एक प`क्राउ

काठमाडौ – महोत्तरीमा लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले प`क्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ बस्ने ३२ वर्षीय सिकेन्द्र साह रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताएका हुन।

Workplace

उनलाई बुधबार इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित प`क्राउ गरेको हो।

जलेश्वरबाट बर्दिबासतर्फ आउँदै गरेको लु २ च २१२४ नम्बरको कारलाई जलेश्वर बर्दिबास सडक खण्ड अन्तर्गत बर्दिबास–८ रामानन्द चोकमा रोकी चेकजाँच गर्दा चकलेटको बट्टामा सेतो रंगको प्लास्टिकभित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ५० ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?