रुपन्देही – मानव बेचबिखन जस्तो गम्भीर अपराधमा संलग्न रहेकी एक महिला ८ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ। तीन जना महिलालाई भारत हुँदै कुवेत लैजाँदै गरेको अभियोगमा मुद्दा चलिरहेको अवस्थामा फरार रहेकी बुटवल उपमहानगरपालिका–११ की ४६ वर्षीया माया शर्मा पक्राउ परेकी हुन्।

वर्ष २०७२ मा घटेको घटनापछि उनी निरन्तर फरार रहँदै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा शर्मालाई बुटवल–११ स्थित लुकिछिपि बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो।
पक्राउ परेपछि उनलाई सार्वजनिक गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छ्न।
