icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

सुपादेउराली मन्दिर नजिकै दुई टप बटम स्टेसन बन्ने, उद्योग दर्ताका लागि सन्धिखर्क नगरपालिकाको सिफारिस

अर्घाखाँची – अर्घाखाँची जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थलका रूपमा ख्याति कमाएको सुपादेउराली मन्दिर क्षेत्रमा पर्यटक र श्रद्धालुहरूको सुविधालाई मध्यनजर गर्दै ‘टप बटम स्टेसन’ राख्ने तयारी अघि बढाइएको छ। सुपादेउराली मन्दिर नजिकै दुईवटा टप बटम स्टेसन निर्माण गरी सञ्चालन गर्नका लागि ‘सुपादेउराली केबुलकार प्रा.लि.’ले उद्योग दर्ताको प्रस्ताव नगरपालिकामा पेश गरेको छ।

Workplace

यसै सन्दर्भमा सन्धिखर्क नगरपालिका वडा नं. ७ को सिफारिसमा, मिति २०८२ साल असार १३ गते बसेको नगर कार्यपालिकाको बैठकले उक्त कम्पनीको नाममा उद्योग दर्ताको सिफारिस गर्ने निर्णय गरेको छ। नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित सिफारिस पत्र उद्योग विभाग, काठमाडौं पठाइएको छ।

बैठकमा गरिएको निर्णय अनुसार सुपादेउराली मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई झनै प्रवर्द्धन गर्न दुईवटा टप बटम स्टेसन बनाइनेछ। प्रस्तावित स्टेसनहरू सुपादेउराली मन्दिरको नजिकका दुई स्थानमा रहनेछन् । साथै, यो परियोजनाले पर्यटकीय विकास, स्थानीय रोजगारी र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाको छ।

सुपादेउराली मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ र सितगंगा नगरपालिका अवस्थित यो मन्दिरमा प्रत्येक वर्ष हजारौं भक्तजनको भीड लाग्ने गर्छ। हिन्दू धर्मावलम्बीहरूका लागि यो मन्दिर आस्थाको केन्द्र हो। यस क्षेत्रको धार्मिकता मात्र होइन, भूगोल तथा दृश्यावलोकनका हिसाबले पनि उच्च सम्भावना बोकेको स्थल मानिन्छ।

स्थानीय सरकारको पहल, जनताको आशा र निजी लगानीकर्ताको समन्वयमा अगाडि बढाइएको यो परियोजना सफल भएमा अर्घाखाँची जिल्लालाई धार्मिक तथा साहसिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण पाइला हुने  स्थानिय केह बुद्धिजीवी र  विज्ञहरूले बताएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?