नेपाली समाज भारत उत्तर प्रदेशद्वारा  कानपुरमा तीज दर खाने भव्य कार्यक्रम सम्पन्न

भारत उत्तर प्रदेश – कानपुर नेपाल र भारतीय भूमिमा रहँदै पनि नेपाली परम्परा, संस्कृति र चाड–पर्वलाई जीवन्त राख्ने उद्देश्यले नेपाली समाज भारत उत्तर प्रदेश राज्य समिति अन्तर्गत महिला नगर समिति कानपुरले यस वर्ष पनि दिदीबहिनीहरूको महान चाड हरितालिका तीज अवसरमा भव्य दर खाने कार्यक्रम सम्पन्न गरेको छ।

Workplace

महिला अध्यक्ष रेनु गुरुङको अध्यक्षतामा र तुलसी थापाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समाज भारत केन्द्रीय समिति उप महासचिव नरेन्द्र ढकाल प्रमुख अतिथि र केन्द्रीय सचिव शिव चन्द सोडारी विशेष अतिथिको उपस्थितिसहित केन्द्रीय परिषद सदस्यहरू राधा चन्द सोडारी, सन्तोष रम्तेल, कमल पुन, राज्य सदस्यहरू सुभाषखर न्यौपाने, मिना पुन, दिपक थापा, शंकर चन्द सोडारी, नगर अध्यक्ष लोकराज परियार तथा समाजका सक्रिय सदस्य सन्तोष परियार र राधा परियारलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले तीज पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्दै प्रवासी नेपाली महिलाको संघर्ष र पहिचान, साथै नेपाली समाज भारतमार्फत प्रवासीलाई एकताबद्ध गर्दै लैजाने भावी योजनाबारे विचार व्यक्त गरेका थिए।

यसै अवसरमा नेपाली दिदीबहिनीहरूले प्रस्तुत गरेका गीत, नृत्य र विविध सांस्कृतिक कार्यक्रमले दर खाने समारोहलाई झनै मनोरञ्जनमय बनाएको थियो।

कार्यक्रमको अन्त्यमा आयोजक समितिले कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?