icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

शान्तीश्री र गौरवको लजाउने हैछौनी म्युजिक भिडियो दर्शकको रोजाइमा।

काठमाडौँ । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको    लजाउने हैछौनी  बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संकृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाईलीको मिक्सिगं मास्टरिगं  रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको  अभिनय देख्न सकिन्छ ।

Workplace

भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश नाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको  लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् ।

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेश नाथ अर्थात बैतडी बाजेको पनि  यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् । सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् ।

गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले  देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।

भिडियो

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?