सरकारको कर नीतिविरुद्ध सुन व्यवसायीहरूद्वारा भोलि देखि अनिश्चितकालीन व्यापार बन्द 

काठमाडौं, असार १२ –नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाल सरकारद्वारा लागू गरिएको अव्यवहारिक कर नीतिविरुद्ध अनिश्चितकालीन व्यापार बन्दको घोषणा गरेका छन्।

Workplace

संयुक्त महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिए अनुसार, जिल्लास्तर, नगरस्तर तथा अन्य आम व्यवसायीहरूबाट प्राप्त लिखित र मौखिक सुझावको आधारमा २०८२ साल असार १३ गतेदेखि सम्पूर्ण जिल्ला, नगर, वस्तुगत तथा एसोसिएट सदस्य व्यवसायीहरूले व्यापार बन्द गर्ने निर्णय गरिएको छ।

महासंघले सबै सम्बन्धित व्यवसायीहरूलाई सो निर्णयको जानकारी आफ्ना सदस्यहरूमा पुर्‍याई व्यापार बन्दमा सहभागी गराउन अनुरोध गरेको छ। साथै, महासंघद्वारा थप आन्दोलनका कार्यक्रमहरू पनि तय गरिने जनाइएको छ।

संयुक्त विज्ञप्तिमा महासंघका महासचिव नीर बहादुर विश्वकर्मा र किरणप्रसाद बज्राचार्यले हस्ताक्षर गरेका छन्।

विज्ञप्ति अनुसार, सरकारको कर नीति तत्काल फिर्ता नलिइए थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी समेत  दिइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?